१६ नोभेम्बर २०१६ को
दिन, कालेबुङ देखि हामी पाचजना धावकहरु बिहान नौ बजे एन जी पीको लागी बाटो लाग्यौ।
एन जी पी पुगेपछि हामीले खाना खायौ अनि २ बजे ट्रेनमा चढयौ। हामीसित रोशनी दिदी
पनि हुनु हुन्थ्यो, जसले गर्दा म खुशिले गदगद भइ रहेको थिए।
हामी १८ तारिख
जवहारलाल नेहरु सटेडियम पुग्यौ, जहा हाम्रो बसने बन्दोबस्त स्पोर्टस हस्टेलमा भएको
थियो। हामी हस्टेलमा पुग्दा बिहानको ३ बजिसकेको थियो। रेलको यात्रा गरेर थाकेको
कारण बिहान हामी बिउझदा घामको उज्यालो किरण चारै तिर फैलि सकेको थियो।
हामी सटेडियमको वरिपरि ३० मिनटको लागि दौडन गयौ। त्यसपछि खाजा खाएर हामी बिब नम्बर
लिन गयौ।
१९ तारिख बिहान हामी
सटेडियम भित्र पसेर फोटो खिच्यौ अनि भिडियो रेकर्ड पनि गरयौ। ४०० मिटरको ट्रयाक
देख्दा मलाई पुरा दगुर्न मन लाग्यो अनि गएर ४-५ फन्को लगाए। त्यस दिन मैले दिन भरि
आराम गरे।
२० तारिख हाम्रो
म्याराथन थियो। बिहान ४ बजे उठेर हामी म्याराथन शुरु हुने ठाउमा पुग्यौ। मलाई
दिल्लीमा म्याराथन कुदन पाउदा एकदमै खुशि लागिरहेको थियो। खुशिले गर्दा म्याराथन
शुरु भएको पनि थाहा भएन। सबैजना कुदन थालेको देखेर म पनि कुदन थाले। तर सबैले मलाई
छोडिसकेका थिए।

दिल्ली म्याराथनमा
हेनडिकेप रनरहरु एउटा खुट्टाको साहाराले मात्र कुदेको देखेर मेरो मन एकदमै दुखि
भयो। उनिहरुलाई देखेर मेरो आखाबाट आशु पनि आयो। हामी म्याराथन कुदेको बेलुकी संसाद
एस एस आलुवालियालाई भेटने मौका पनि पायौ। आलुवालिया सरले हामीलाई बधाई दिनुभयो अनि
उहाले आफ्नो हातले नै हामीलाई चिया पिउन दिनु भयो। हामीलाई खिर पनि दिनु भयो।
यस्तो सतकार पाउदा मलाई धेरै खुशि लाग्यो।
हामीले चिया पिउदै
गर्दा, हाम्रो जातिको उनमुक्तिको लागी लडाई लडनु हुने श्रीमान बिमल गुरुङज्यु पनि
त्यहा आइपुग्नु भयो। गुरुङज्युलाई भेटन पाउदा जाति प्रति इमानदारीता भन्ने कुरा
जागेर आयो अनि सबै गोर्खाहरुको निम्ति असल धावक बन्छु भन्ने प्रण गरे।
२२ तारिख हामी घर
फर्कने ट्रेनमा चढयौ। ट्रेनमा पानी नभएर धेरै असुबिधाहरुको सामना गर्दै २३ तारिख
राति १२ बजे हामी एन जी पी आइ पुग्यौ अनि हामी भोलिपल्ट कालेबुङ पुग्यौ।