Wednesday 14 December 2016

बिनोद तामाङको अनुभव दिल्ली हाफ म्याराथन २०१६मा

दिल्ली हाफ म्याराथन २०१६
बिनोद तामाङ
२० नोभेम्बर २०१६ मा सम्पन्न भएको दिल्ली हाफ म्याराथन २०१६ (Airtel Delhi Half Marathon) को निम्ति रोशनी दिदीले चायनाको “जेट लिङग बायोटेक” (Z-Link Biotech) बाट मेरो निम्ति सहयोग मिलाइ दिनु भएको थियो। मैले स्कुलबाट सजिलै अनुमति पनि पाउन सके, जसको निम्ति म एकदमै खुशी छु।

मैले दिल्ली हाफ म्याराथन २०१६ (२१.०९७ कि मि), १ घण्टा  १७ मिनट ५७ सेकेण्ड मा सकेर आठौ स्थान प्राप्त गरे। तर म खुशी छुइन्, कारण मैले यस म्याराथनको निम्ति खुबै राम्रो ट्रेनीङ गरेको थिए। मैले यस म्याराथन १ घण्टा १२ मिनटमा सक्ने तारगेट राखेको थिए। तर १६ कि मि देखी भुडी दुखेकोले कुदन् नै सकिन अनि मेरो तारगेट पुरा गर्न पनि सकिन्।

मलाई यस म्याराथनमा लगाउनु भनेर, सितम्बर महिनामा नै रोशनी दिदीले “Z-Link Biotech” प्रिन्ट गरेको टिसर्ट दिनु भयो। हामीले म्याराथनमा भाग लिदा कुनै पनि कुरो नया लगाउनु हुदैन् कारण त्यती लामो दुरी कुत्दा हामीलाई सबै कुरो सुबिधा भएको हुनु पर्छ। दिदीले मलाई, बेलुकीको ५ बजे तिर, कालेम्पोङको सुपरमार्केटमा टिसर्ट दिनु भएको थियो। त्यस पछि म केश काट्न सुपरमार्केटमा नै हजामकोमा गए। मैले पालो पर्खन् पर्ने हुदा, छेवैको चौकीमा बसेर, त्यहाँ भएको एउटा म्यागजीन पढन थाले। जब मेरो पालो आयो, मैले मेरो टिसर्ट अनि म्यागजीन, टेबल माथी राखेर केश काट्न बसे। केश काटेर हेर्दा, टेबल माथी मेरो टिसर्ट छैन रहेछ। हजामलाई सोद्धा, रकभेल स्कुलको एकजना बिधार्थीले लग्यो भन्नु भयो। म १ कि मि, दौडीदै रकभेलको हस्टेलमा पुगे। तर गेट बन्द भइसकेको रहेछ। मैले एउटा भाईलाई बोलाएर, मेरो टिसर्ट खोजेर ल्याइदियौ भने रु १००/- (एक सय रुपियाँ) दिन्छु भने। त्यो भाइले एक घण्टामा टिसर्ट खोजेर ल्याइदियो। टिसर्ट पाए पछि म ढुक्क भएर घरतिर लागे। घर पुग्दा रातीको ९;३० बजिसकेको थियो।
४ नोभेम्बर २०१६ को दिन, मनसोङ भन्ने ठाउमा ६ कि मिको एउटा रेस भएको थियो। “Z-Link Biotech” प्रिन्ट भएको टिसर्ट सजिलो भएकोले गर्दा, त्यस दिन पनि मैले त्यही टिसर्ट लगाएर दौडे। ६ कि मि, १८ मिनट ७ सेकेण्डमा कुदेर मैले प्रथम स्थान ओगटें। घर फर्केर आए पछि पुरा थाकेको महसुस भयो । त्यसैले गर्दा, ब्यागबाट लुगाहरु ननिकाली सुते। भोलि पल्ट ब्याग हेर्दा, टिसर्ट छैन रहेछ। मेरो साथीको बाइक पैचो मागेर, अत्तालीदै, १५ कि मि टाढो मनसोङ गए। बाटोमा टिसर्ट पाइन् भने दिदीलाई के भन्नु सोच्दै गए। धन्न मैले हिजपल्ट राखेको ठाउमा नै टिसर्ट पाए।
हामी १६ नोभेम्बर २०१६, मा कालिम्पोङबाट बिहान ९ बजे हिडेका थियौ। न्यु जलपाइगुढीबाट हामी अप्रानह २;३०बजे ट्रेनमा चढेका थियौ। हामी टिमबाट ५ जनाले दिल्ली म्याराथनमा भाग लिन गइरहेका थियौ। रोशनी दिदीसित पहिलो पल्ट यात्रा गर्दा, हामीले धेरै कुरोहरु सिक्नसक्यौ। दिल्ली हामी १७ नोभेम्बर २०१६ को राति १२ बजे पुग्यौ। हाम्रो बस्ने ब्यवसथा जवाहारलाल नेहरु सटेडियममा भएको थियो।
म्याराथन सके पछि हामीले, दार्जीलिङको संसाद श्री आलुवालीया सर, जिटिए चिफ श्री बिमल गुरुङ सर अनि रोशन गिरि सरलाई पनि भेटने मौका पायौ। म्याराथनले गर्दा, यसता सुनौलो मौकाहरु पाएकोमा म एकदमै अभारी छु।
अन्तमा “Z-Link Biotech” ले मलाई दिल्ली म्याराथनमा भाग लिनको निम्ति साहयता गरेकोमा धेरै धेरै धन्यबाद दिन चाहान्छु। रोशनी दिदीको साहयताले गर्दा हामीले भारतको भिबिन्न ठाउहरुमा गएर म्याराथनमा भाग लिने मौकाहरु पाइरहेका छौ। दिदीलाई पनि धेरै धेरै धन्यबाद। यसरी नै आउदो दिनहरुमा पनि तपाईहरुको यस्तै साहयता पाइरहनेछु भन्ने आशा राखेको छु।

No comments:

Post a Comment