Wednesday 14 December 2016

रनजीत राईको अनुभव एयरटेल दिल्ली हाफ म्याराथन २०१६ मा

                       एयरटेल दिल्ली हाफ म्याराथन २०१६
रनजीत राई

म रनजीत राई “रन विथ रोशनी” को प्रोजेक्टबाट धेरै म्याराथनहरु कुदिसकेको छु अनि आउने दिनहरुमा पनि कुदन् पाउने आशा राखेको छु। म आफैलाई “रन विथ रोशनी” टिमको रनर हुँ भन्दा गर्व लाग्छ। “रन विथ रोशनी फाउण्डेसन”, को उदेश्य गोर्खा रनरहरुले अलोम्पिग म्याराथनबाट भारतको निम्ति स्वर्ण पदक जितेर ल्याउने हो। म यस उदेश्य पुर्ण भएको हेर्न चाहान्छु।
मैले म्याराथन कुदेर नै धेरै ठाउहरु घुम्ने मौका पाए। यदि “रन विथ रोशनी फाउण्डेसन” नभएको भए, मुम्बइ, हैदराबाद, बगंलोर, शिलाङ, कोलकत्ता, दिल्ली हेर्न मेरो सपना, सपना मात्र रहने थियो होला। तर आज “रन विथ रोशनी फाउण्डेसन” को साहयताले मैले यि सबै ठाउहरु जाने मात्र होइन् तर यी शहरहरुमा हुने म्याराथनहरुमा भाग लिने मौका पाइ सकेको छु।
२० नोभेम्बर २०१६ मा मैले एयरटेल दिल्ली हाफ म्याराथनमा भाग लिने मौका पाए। अरु सबै जग्गाहरुको भन्दा मेरो दिल्लीको अनुभव एकदमै राम्रो रहयो। हामी पाँचजना रनरहरु, रोशनी दिदी लगायत, १६ नोभेम्बर २०१६ को दिन दिल्लीको लागी कालेम्पोङ्बाट प्रस्थान गरयौ। हामी दिउसो १ बजे, न्यु जलपाइगुडि पुग्यौ अनि खाना खाएर २ बजे ट्रेनमा चडयौं।
यसपाली हामीसित पहिलो पल्ट रोशनी दिदी पनि यात्रा गर्नु हुदै थियो। यात्राको समय, दिदीको बाट म्याराथनबारे अनि अरु बिष्यमा हामीले धेरै कुरोहरु सिक्ने मौका पायौ। दिदीले हामीलाई म्याराथनबारे मात्र होइन तर हाम्रो जिवनमा चाहिने धेरै कुरोहरु बताउनु भयो। त्यसको निम्ति म एकदमै खुशी छु अनि दिदीलाई धन्यबाद दिन चाहान्छु। आउदो दिनहरुमा पनि दिदीसित यात्रा गर्ने मौका पाउछु होला भन्ने आशा राखेको छु।
हाम्रो ट्रेन ४ घण्टा ढिलो भयो। हामी १७ नोभेम्बर २०१६, मध्य रातको १२ बजे दिल्ली पुग्यौ। हाम्रो दार्जीलीङको संसाद आलुवालीया सरले हामीलाइ बस्ने बन्दोबस्त जवारहाल नेहरु सटेडियमको स्पोर्टस हसटेलमा मिलाइ दिनु भएको थियो। उहाँले नै हामीलाई दिल्ली स्टेसनमा गाडी पनि पठाइ दिनु भएको थियो। हामी हस्टेल पुग्दा रातीको २ बजि सकेको थियो। हाम्रो रुम पाएर सुत्दा ३ बजि सकेको थियो।
हामीलाई भोलिपल्ट रोशनी दिदीले जवारहाल नेहरु सटेडियमको वरिपरि कुदन लानु भयो। हाम्रो म्याराथनको शुरु हुने अनि सकिने ठाउ पनि जवारहाल नेहरु सटेडियम नै थियो, जसले गर्दा हामी सबै खुशि थियौ। नेहरु सटेडियम भित्र पसि रनीङ गर्न पाउदा त आफुलाई झन गर्व लाग्यो।
२० नोभेम्बर २०१६ को दिन, दिल्ली म्याराथन हाम्रो टिमको निम्ति एकदमै राम्रो भयो। मैले १घण्टा १८ मिनटमा हाफ म्याराथन (२१कि मि) पुरा गरे। यस भन्दा अघि मैले १घण्टा २३ मिनटमा मात्र हाफ म्याराथन पुरा गर्न सकिरहेको थिए । मैले ५ मिनट समय improve गर्न सकेकोमा म आफै गर्व गर्दछु।

म्याराथन पछि हामीले संसाद आलुवालिया सर, जि टि ऐ चिफ बिमल गुरुङ सर अनि रोशन गिरि सरलाई पनि भेटने मौका पायौ। अरू म्याराथनहरु भन्दा दिल्ली म्याराथनको अनुभव मेरो निम्ति सर्वश्रेष्ठ अनुभव हो। अन्तमा पुमा कम्पनीले मलाइ २०१६ सालमा तिन जोडि जुत्ता, तिन जोडि टिसर्ट, तिन जोडि हाफ प्यान्ट साथै दिल्ली म्याराथनको निम्ति रेजिस्ट्रेन गरिदिएर साहयता गरेकोमा म एकदमै अभारी छु। भविष्यमा पनि पुमाबाट साहयता पाउने आशा राखेको छु।

No comments:

Post a Comment